दफा १९३
ज्वलनशील, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुने

(१) कसैले कसैलाई तेजाब वा त्यस्तै प्रकारका अन्य रासायनिक पदार्थ बाहेकका अन्य ज्वलनशील, जैविक वा विषालु पदार्थ प्रयोग गरी वा. फ्याँकी, छर्किई, खन्याई वा त्यस्तो पदार्थले पोली, डामी, दली, घसी जीउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अङ्ग कुरुप पार्ने काम गर्नु वा गराउनु हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई कसूरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठवर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमापीडा पु¥याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबानाहुनेछ ।
(३) उपदफा (२) बमोजिम जरिबाना बापत प्राप्त पूरै रकम पीडितलाई क्षतिपूर्ति बापत दिनु पर्नेछ ।